काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि “काभ्रेको लागि केही गरौं” भन्ने मुल नाराका साथ २०६९ सालमा सामाजिक संस्थाको रुपमा काभ्रे सेवा समाज स्थापना भएको हो । उच्च शिक्षित, रोजगारयुक्त एवँ राष्ट्रिय–अन्तर्राष्ट्रिय जीवनमा समेत आफ्नो दक्षता प्रदर्शन गर्न सक्षम २५० भन्दा वढी काभे्रलीहरु सम्मिलित यस समाजले स्थापना कालदेखिनै काभ्रेको विकास र समृद्धिका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । विशेष गरी आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा यस संस्थाले काभ्रे केन्द्रित उल्लेख्य काम गर्दै आएको छ ।