काभ्रे सेवा समाजले २०८२ साल जेठ १० गते भक्तपुरका गाम्चास्थित दरबार रिसोर्टमा काभ्रे सेवा समाजको रणनीतिक योजना तथा आगामी कार्यक्रमबारे कार्यशाल गोष्ठीको आयोजना ग¥यो ।
सो गोष्ठीमा लोकसेवा आयोगका पूर्व अध्यक्ष तथा पूर्व गृह सचिव उमेशकुमार मैनालीले काभ्रेपलाञ्चो जिल्लका उत्पादन तथा त्यहाँका पर्यटकीय क्षेत्रहरुको ब्राइडिङ गरी त्यसको बजारी करणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु काभ्रे सेवा समाजबाट हुनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला देशको राजधानी काठमाडौं उपत्यकासँग जोडिएको जिल्ला भएको र उपत्यकामा अध्याधिक शहरी करणका कारण कुनै उद्योग, कलकारखाना, विश्वविद्यालय आदि स्थापनाका लागि पर्याप्त स्थान नभएकाले काभ्रे पलाञ्चोक जिल्लमा यस्ता निकाय स्थापनाका लागि पहल गरिनु पर्ने तथा जिल्लाको समग्र विकासका विभिन्न स्थानीय सरकारकाबीच समन्वय गरी विकास आयोजना निर्माणका लगायतका साझा तथा संयुक्त कार्यक्रमहरु अगाडि बढाउनु पर्ने कुरामा जोड दिइएको थियो ।
काभ्रे सेवा समाजको अध्यक्ष पुरुषोतम नेपालका अध्यक्षतामा आयोजित सो गोष्ठीमा नेपाल सरकारका पूर्व सचिव धनबहादुर तामाङ, जर्नादन नेपाल लगायतका सहभागीहरुले काभ्रे सेवा समाजले देशकै थिङ्क ट्याङकका रुपमा काम गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।