Our Activities

तथ्याङ्कमा काभ्रेपलाञ्चोक जिल्ला

मोटामोटीरूपमा ५८ जातजातिहरू रहेको यस जिल्लामा तामाङ (३३.७७ प्रतिशत), ब्राह्मण (२०.१५ प्रतिशत), क्षेत्री (१३.५७ प्रतिशत), नेवार (१३.४१ प्रतिशत), मगर (३.९९ प्रतिशत)  र बाँकी अन्य जातजाति रहेका छन् ।

दुश्मनी भन्दा मित्रता राम्रो, खोइ पनौतीको स्वर्णपत्र हाम्रो ?

सुनको पातामा लेखिएको स्वर्णपत्र पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगी नरहरिनाथले लगको रे भन्ने सुनेको पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगीले पनौतीमै फिर्ता ल्यायर बुझाए वा उनीसित छ । अथवा सरकारको कुनै निकायमा बुझाइसके ? सबैको जानकारीका निम्ति सम्बन्धित निकाय वा सरोकारवालाले सूचना जारी गर्नुपर्ने समय भयो । उक्त स्वर्णपत्र पनौतीको हकदार त हुन्छ नै तर पनि पुरातात्त्विक र प्राचीन वस्तु भएकाले त्यो देशकै सम्पदा होे ।

बुद्धको पूर्वजीवनको क्रिडास्थल नमोबुद्ध देश देशान्तरमा नमोबुद्ध-ताग्मोल्हुईज्यीन

नेपालको राजधानी काठमाडौँबाट पूर्वतर्फ कोटेश्वर, भक्तपुर हुँदै साँगाचोक, बनेपा शहरबाट धुलिखेल र काभ्रेभञ्ज्याङबाट फूलबारी, दाप् चा जानेबाटो हुँदै ४० किलोमिटर दूरीमा पुग्न सकिने विश्व विख्यात महान् बौद्ध तीर्थस्थल नमोबुद्ध अर्थात् ताग्मोल्हुईज्यी नरहेको छ ।