कासेसद्मडाै, असाेज ११ गते ।काभ्रे सेवा समाजले विजया दशमी तथ दीपावलीका अबसरमा शनिबर समसामयिक विषयमा छलफल तथा चियापान कार्यक्रमकाे आयाेजना ग-र्याे ।साे अबसरमा समसामयिक परिस्थति र सार्वजनिक सेवा प्रवाह विषयमा बाेल्दै लाेक सेवा आयाेगका पूर्व अध्यक्ष उमेशप्रशाद मैनालीले सरकारी निकायमा व्याप्त ढिलासुस्ती र राजनीतिक नेतृवमा लामाे समय एकै खालका व्यक्तिकाे उपस्थितिले यसवाट आफ्नाे भविष्य नदेखेर जेन जी आनेदाेलन शुरू भएकाे बताउनु भयाे । छलफल कार्यकममा पूर्व अर्थसचिव डा राजन खनालले अहिले विश्व ट्यारिफ वार शुरू भएकाे उल्लेख गर्दै रूस र इरानबाट भारतले तेल ल्याउन समस्या भएका कारण कस्ट बढ्दा बाहय सक बेहाेरी रहेका बेला जेनजी आन्दाेलनले आन्तरिक सक व्यहाेरनु परेकाे बताउनुलभयाे ।जेनजी पुस्ताले कुनै सेवा जस्ताे नाे अब्जेक्सन लेटर अनलाइन भरेर पठाए पछि त्याे उसकाे फाेन मै तयार भएर आवस भन्ने चहान्छन् तर अहिले सरकारी कार्यालयमा जाँदा याे भएन उ भएन भनेर राेक्ने अल्झाउने गर्दा जेनजी दिक्क भएर समस्या भएकाे छ ।अहिले आन्दाेलनले नष्ट भएकाे संरचना पुननिर्माणमा अरू खर्च कटाएर काम थाल्न सके यसले पनि अर्थतन्त्र चलायमान मनाउन सकिने छ । जेनजी माग गरे अनुसार अनलाइन मार्फत सेवा सहज बनाउन सके यसले पनि अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।अर्थत्रन्त्र खराब अबस्थामा छैन सकहरू मात्र ब्यहाेरेका हाै ।