काभ्रे सेवा समाजल बैशाख २९ गते बुद्ध जयन्तिको अबसरमा पारेर नौती–नमोबुद्ध शान्ति पदयात्रको कार्यक्रम सम्पन्न गरेको छ । सो पदयात्रमा राजधानी तथा देशका विभिन्न भागबाट आउनु भएका सहभागी तथा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदघाटन गर्दै नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देश आम मानिसबीच पु¥याउनु पर्ने बताउनु भएको थियो
बुद्ध जयन्तिको अवसर पारेर काभ्रे सेवा समाजले आयोजना गरेको पनौती–नमोबुद्ध शान्ति पदयात्रको सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती बजारमा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँ अहिले चुरे तथा महाभारत क्षेत्रमा व्यापक मात्रामा बन फडानी र प्रकृतिको दोहन भएका कारण पर्यावरणमा असर पुगेको र त्यसलाई रोक्न सबै क्षेत्रबाट लाग्नु पर्ने बाताउनुभयो ।
पूर्व राष्ट्रिपति डा. यादवले काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध क्षेत्र निकै प्राचीन र बुद्धकालीन ऐतिहासिक क्षेत्र रहेको र यसको ऐतिहासिक तथा धार्मिक महत्वलाई विश्व सामु पु¥याउनु पर्ने कुरामा जोडि दिनुभयो ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृत गर्ने प्रयास भईरहेको बताउनुभयो ।
पनौती मानेश्वरीस्थित बसपार्कबाट शुरु भएको सो पदयात्राले पनौती बजार क्षेत्रको परिक्रमपछि नमोबुद्ध क्षेत्रमा पुगेर समापन भएको थियो ।
सो पदयात्रमा काभ्रेपलाञ्चोक जिल्ला कार्यक्षेत्र भई राजधानीमा बसोबास गर्ने काभ्रेली तथा स्थानीय संघ संस्था र राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।