नौती–नमोबुद्ध शान्ति पदयात्रा सम्पन्न
काभ्रे सेवा समाजल बैशाख २९ गते बुद्ध जयन्तिको अबसरमा पारेर नौती–नमोबुद्ध शान्ति पदयात्रको कार्यक्रम सम्पन्न गरेको छ । सो पदयात्रमा राजधानी तथा देशका विभिन्न भागबाट आउनु भएका सहभागी तथा स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमको उदघाटन गर्दै नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देश आम मानिसबीच पुर्याउनु पर्ने बताउनु भएको थियो
बुद्ध जयन्तिको अवसर पारेर काभ्रे सेवा समाजले आयोजना गरेको पनौती–नमोबुद्ध शान्ति पदयात्रको सोमबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती बजारमा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँ अहिले चुरे तथा महाभारत क्षेत्रमा व्यापक मात्रामा बन फडानी र प्रकृतिको दोहन भएका कारण पर्यावरणमा असर पुगेको र त्यसलाई रोक्न सबै क्षेत्रबाट लाग्नु पर्ने बाताउनुभयो ।
पूर्व राष्ट्रिपति डा. यादवले काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध क्षेत्र निकै प्राचीन र बुद्धकालीन ऐतिहासिक क्षेत्र रहेको र यसको ऐतिहासिक तथा धार्मिक महत्वलाई विश्व सामु पुर्याउनु पर्ने कुरामा जोडि दिनुभयो ।
सो अवसरमा शुभकामना व्यक्त गर्दै पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृत गर्ने प्रयास भईरहेको बताउनुभयो ।
पनौती मानेश्वरीस्थित बसपार्कबाट शुरु भएको सो पदयात्राले पनौती बजार क्षेत्रको परिक्रमपछि नमोबुद्ध क्षेत्रमा पुगेर समापन भएको थियो ।
सो पदयात्रमा काभ्रेपलाञ्चोक जिल्ला कार्यक्षेत्र भई राजधानीमा बसोबास गर्ने काभ्रेली तथा स्थानीय संघ संस्था र राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।