~नेपालको राजधानी काठमाडौँबाट पूर्वतर्फ कोटेश्वर, भक्तपुर हुँदै साँगाचोक, बनेपा शहरबाट धुलिखेल र काभ्रेभञ्ज्याङबाट फूलबारी, दाप् चा जानेबाटो हुँदै ४० किलोमिटर दूरीमा पुग्न सकिने विश्व विख्यात महान् बौद्ध तीर्थस्थल नमोबुद्ध अर्थात् ताग्मोल्हुईज्यी नरहेको छ । काठमाडौँबाट मोटर कारबाट १ घण्टा ४० मिनेटको ड्राइभिङ यात्रापछि यस तीर्थस्थलमा पुग्न सकिन्छ । यो तीर्थस्थलमा बनेपा शहरबाट पनौती अर्थात् प्राचीन पान्चाल देश हुँदै संखु, संखेस्वरीे मन्दिर हुँदै थोरै उक्लिए पछि पुग्न सकिन्छ । यो स्थान समुद्री सतहबाट लगभग १७ सय मिटरको उचाइमा अत्यन्त रमणीय गुँरास, कटुस, ओखर, अमला आदि सदावहार रुखहरूको कुष्मा वन अर्थात् घना जङ्गल बीचमा रहेको छ । नमोबुद्ध स्तुपा भएको स्थानबाट २०० मिटर जतिको उकालो उक्लिएपछि गन्धमादन पर्वत जहाँ राजकुमार महासत्व (ङीङतोब छेन्पो)ले आफ्नो शरीरको मासु बघिनीलाई खुवाउँदै गरेको चौथो शताब्दीको प्रस्तर मूर्ति रहेको छ । यसै स्थानमा महासत्वले बघिनी र डमरूहरूलाई आफ्नो शरीर दान गरेको विश्वास गरिन्छ । यस जङ्गल क्षेत्र रहेको गन्धमादन पर्वतको टाकुराबाट उत्तर तथा पूर्वतर्फका हिमालय श्रृङ्खलाहरू गौरीशंकर, चोमोलुङमा (सगरमाथा)लगायतका चारैतर्फको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यसको दक्षिण पाखा पूरैमा अन्तराष्ट्रियस्तरको ध्यान केन्द्र सहितको बौद्ध अध्ययन केन्द्र “पाल ठाङ्गु टाशी याङचे गुम्बा” रहेको छ । १ (निवर्तमान सदस्य–सचिव, लुम्बिनी विकास कोष) यहां “तागमो” भन्नाले बघिनी र “ल्ह’अी” ले शरिर र “ज्यीन” सम्पूर्ण अर्थात् बघिनीलाई सम्पुर्ण शरिर दान अर्पण गरिएको जातक गथा भन्न खोजिएको हो । ज्ञड काभ्रेली गुञ्जन यो समग्र नमोबुद्ध पर्वत वनक्षेत्रलाई गन्धमादन पर्वत, हिरूण्य गिरी, सुवर्ण पर्वत, गन्धकुट पर्वत, योगाकुल पर्वत, कुष्मावन पर्वत आदि नामले चिनाएको पाइन्छ (मानन्धर,२०५३) । नमोबुद्ध स्तुपा नजिक सवारी पार्किङ स्थल रहेको छ । त्यहाँबाट १५–२० मिटरको दुरीमा नमोबुद्ध महासत्वको अस्थीधातु स्वर्णकलश राखी निर्माण गरिएको विश्वास गरिने प्राचीन स्तुपा÷चैत्य अर्थात् छ्योर्तेनरहेको छ । चैत्यको अगाडि नमोबुद्धको प्रतिमा रहेको मन्दिर छ । सो मन्दिरको अगाडि पुण्यद्विप प्रज्वलन गर्ने मन्दिर रहेको छ । चैत्यको बाहिरी परिक्रमा पथमा माणिचक्र रिङ्गै राखिएको छ भने भित्रपट्टिको परिक्रमा पथसँगै बत्ती बाल्नका लागि स्थान बनाइएको छ । चैत्यको पश् िचमतर्फ सानो खोपाको दुलो स्थानबाट अस्थिधातु रहेको स्वर्णकलशको दर्शन गर्ने सकिन्छ । नमोबुद्ध स्तुपा भएको स्थानबाट डाँडोतिर उक्लने कुनामा नेवार बौद्धहरूले फ्रेममा लगाएका ऐना तथा मृतकहरूको निर्माण पुण्यलाभ होऊन् भनी तस्विर झुण्ड्याउने गरेका छुट्टो स्थानीय बौद्ध परम्परालाई देख् न सकिन्छ । पनौती, संखुलगायतको शहरी क्षेत्रमा नेवार बौद्धहरू रहेका छन् भने ताग्मोल्हुईज्यीन अर्थात् नमोबुद्ध वरिपरी भने तामाङ बौद्धहरूको घनावस्ति रहेको छ । यो तीर्थको नामको ताग्मोल्हुईज्यीन अर्थ ’ताग’ भन्नाले तामाङशास्त्रीय भाषामा ’बाग’, यसरी नै ’मो’ ले पोथी, ’ल्हुई’ले शरीर, ’ज्यीन’ले सम्पूर्ण यी शब्दहरूको संयुक्त योगबाट ’ताग्मोल्हुईज्यीन’ अर्थात् सम्पूर्ण शरीर बघिनीलाई अर्पेको वा दान गरिएको अर्थमा यो तीर्थको नाम रहेको कुरा नमोबुद्ध गोन्पाका लामाले बताउनु भयो । बुद्धकालीन प्राकृत भाषामा ‘नमो बुद्ध’ तथा स्थानीय नेवार भाषामा ‘नमुरा’ भन्ने गरिन्छ । ‘नमुरा’ नाम ‘नमो बुद्ध’कै संक्षिप्त रूप हो । बौद्ध वाङ्मयमा उल्लेख भएअनुसार शाक्यमुनि बुद्धस्वयं पुगेर तीर्थाटान तथा नमन, वन्दना गर्नु भएकाले यस तीर्थको नाम नमोबुद्ध अर्थात् बुद्ध भगवान्ले समेत नमो आर्थात् नमस्कार गर्नु भएकाले नमोबुद्ध नाम रहन गएको हो (मानन्धरः२०५३) । घना जङ्गलको बिचमा महादानी महासत्व (तामाङ भाषामा सेमछेनछेन्पो)को अस्थिधातु रहेको स्वर्णकलश राखी निर्माण गरिएको भुवनेश्वर सप्तरत्नमय नमोबुद्ध चैत्य (छ्योर्तेन) रहेको छ । यो तीर्थ प्राचीन कालदेखि नै नेपालमा मात्र नभएर विश्वभर बौद्ध जगतमा यसको महिमा फैलिएको पाइन्छ । नमोबुद्ध बौद्धतीर्थस्थलको उत्पत्ति बुद्धले समेत दर्शन नमस्कार वन्दना गर्नु भएको स्थान तथा तीर्थ अर्थात् नमोबुद्ध, नमुरा अर्थात् (ताग्मो ल्हुइज्यीन)को जातकमालामा यो तीर्थको उत्पत्ति गाथाका रूपमा बौद्ध नेपालको पहाडि तथा हिमालय समूदायको अर्थात् उत्तरी बौद्ध (माहायानी) सम्प्रदाय शास्त्रीय बौद्धभाषामा चैत्य या स्तूपालाई छ्योर्तेन भनिन्छ । काभ्रेली गुञ्जन ज्ञढ जगतमा महाकरुणामयि दानपारमिताका बुद्धोपदेश कथा सर्वत्र लोकप्रिय रहेको पाइन्छ । नमोबद्ध तीर्थको बौद्ध महायानी (उत्तरीबौद्ध सम्प्रदायको) साहित्य जातकमालामा उल्लेख भएको मुल कथासार यस्तो पाइन्छ । यो जातकमालाको घटनाको समय द्वापरयुगको अन्तिम तथा कलियुगको प्रारम्भमा कश्यप बुद्धको शेषपछि धर्म शासनकालको वृतान्त हो (मानन्धर, २०५३ः१४) । पाञ्चालका ग्याल्बो सिङताक छेन्पो (राजा महारथ), ग्याल्मो पद्मा महामायादेवी (रानी सत्यावती)का तीन छोराहरू जेठो डाछेन्पो अर्थात् महाप्रणव, माइलो लाछेन्पो (महादेव) र कान्छो सेमछेनछेनन्पो (महासत्व) थिए । बौद्ध वाङ्मयहरूका अनुसार तीन राजकुमारहरू मध्ये कान्छो महासत्व (सेमछेनछेन्पो)ले अनेकन युगहरू सत्य, द्वापर र त्रेतायुगमा गरी ३२ जुनीसम्म महाकारुणिक बोधिसत्व भई जगतका प्राणीहरूको उद्धार गर्नु भएको थियो । यही अनेकन महाकरुणामयी पुण्यबलका कारण महासत्वको बघिनी र डमरूहरूको यो प्रकरण जातकमालाको रूपमा विख्यात भयो । सो प्रकरण अनुसार एक दिन तीनै जना राजकुमारहरू बन विहारमा जाँदा भर्खरैको एक सुत्केरी बघिनी भोकले आक्रान्त भइ आफ्नै पाँच डमरूहरूलाई खान्तयार भएको दृष्य देखी महासत्वको मनमा महा–करूणाभाव जागृत हुन्छ र जङ्गलबाट दरबारतर्फ फर्कँदै गर्दा अलिपर पुगेपछि आफ्ना दाजुहरूलाई बहाना बनाएर हिँडदै गर्नुस् भनी पछि महासत्व (सेमछेन्छेन्पो) आफू अघिदेखेका बघिनी र डमरूहरू भए तिर जान्छन् । उक्त मरणासन्न बघिनी र पाँच डमरूहरूलाई सम्पूर्ण शरीरको रगत, मासु दान दिएको हुन्छ । जातकमालाका गाथा अनुसार बघिनी र पाँच डमरूहरूलाई शरीर दानको यो प्रकरण पछि तत्काल सेमछेन्छेन्पोको (महासत्व)को तुषिता भुवनमा बोधिसत्व जीवनमा जन्म हुन्छ । यसपछि बोधिसत्व महासत्वको पुनः मानव चोलामा कपिलवस्तुका राजा शुद्धोधनका पुत्र सर्वथासिद्ध राजकुमार सिद्धार्थ गौतमका रूपमा लुम्बिनीको पवित्र उद्यानमा जन्म हुन्छ । राजकुमार सिद्धार्थले राजपाठ सहितको राग द्वेष, मोह, सुखभोग विलासी जीवन त्यागी सम्यक समबुद्धत्व बोधिज्ञान लाभ गर्नु भई सर्वथासिद्ध महापुरुष सिद्धार्थ गौतम बुद्ध हुनु भयो । यो जातकमालाको कथा गाथा नमोबुद्धको सन्दर्भमा शाक्यमुनी बुद्ध स्वयम्ले यसै स्थानमा आउनु भई बताउनु भएको कुरा उत्तरी बौद्ध सम्प्रदायको महायान परम्पराको जातकमालामा पाइन्छ । सिद्धार्थ गौतम बुद्धले आषाढ पूर्णिमाको दिन, तुषिताभुवनमा अष्टमी व्रतमा रहनुभएका आफ्नो आमा महामायादेवीले तुषिताभुवनमा भेट हुँदा बुद्धलाई कार्तिक कोजाग्रत पूर्णिमाका दिन पाञ् चाल देशमा अवतरण हुनुपर्ने भएकाले सोही दिन वार्तालाप गर्ने दिन तुषिताभुवनमा नै तय भएका थियो । तसर्थ सिद्धार्थ गौतम बुद्ध आफ्नो शिष्यहरूको साथमा कोजाग्रत पूर्णिमाका दिनभन्दा एक द्दण् काभ्रेली गुञ्जन दिन अगावै पाञ् चालदेशको हिरूण्यगिरी पर्वत अर्थात् गन्धमादन पर्वतमा पुग्नु भएको थियो । सो हिरूण्यगिरी पर्वतमा बुद्धले बज्राशनमा रही आफ्नो ध्यानबलद्वारा जीर्ण भई माटोमा विलिन भइसकेको महासत्वको अस्थिधातु रहेको सुवर्णकलश सहितको सप् तरत् नमय भुवनेश्वर चैत्यलाई, पुण्यबलको द्विव्यचक्षुबाट देख् नु हुन्छ र बुद्धले सो चैत्यलाई वन्दना अर्थात् नमस्कार गर्नुभयो । त्यही स्थानमा बुद्धद्वारा सो चैत्यको बारेमा आनन्द, सारिपुत्रलगायत भिक्षुसंघलाई धर्मदेशना भयो । यो जीर्ण भइसकेको चैत्यको सारिपुत्र भिक्षुको पिताद्वारा पुनर्निर्माण गराउनु भएको थियो (मानन्धर,२०५३ः४–१५) । यहाँ महामानव भगवान् बुद्धले आफ्नो पूर्व जीवनकालको महाकरूणिक घटनाका बारेमा उपदेश दिनु र नमोबुद्धको तीर्थ हेतु नमोबुद्धमा, स्वयम् हिरूण्यगिरी÷पर्वत÷गन्धमादन पर्वतको कुष्मा बनमा आउनु भई सो स्थानमा महासत्वको अस्तिधातु रहेको स्वर्ण–कलशयुक्त सप् तरत् नमय भुवनेश्वर चैत्यको नमन अर्थात् दर्शन गर्नु भएदेखि यो चैत्य ‘नमोबुद्ध चैत्य’ रहेको विश्वास गरी आएको छ । भने उत्तरीबौद्ध (महायानी) जगतमा यो चैत्यलाई बुद्धबचन जातकमाला “ताग्मो ल्हुइज्यीनक्यी–दो”बाट नै ताग्मोल्हुअीज्यीन नामले यस तीर्थ युगौदेखि महा–करुणामयी अनुपम पुण्यको तीर्थ ‘ भोकलेग्रस्त बघिनी’ अर्थात् संस्कृतमा व्याघ्री जातकमाला बुद्धोपदेशका रूपमा बौद्ध जगतमा विश् वभर रहेको पाइन्छ । नमोबुद्ध तीर्थको अन्तर्राष्ट्रिय सम्बन्धः यस नमोबुद्ध तीर्थका सम्बन्धमा प्राप् त बुद्धोपदेशमा उल्लेख भएको बोधिसत्व महापुरुष सेमछेनछेन्पो (महासत्व)ले आफ्नो सम्पूर्ण शरीर भोकले ग्रस्त सुत्केरी बघिनी र ५ डमरूमा दान अर्पण गरी जीवन उद्धार–पुण्यको महाकरूणामय दृष्टान्त बौद्ध जगतमा प्रख्यात रहेको पाइन्छ । महायानी जातकमाला गाथाको विभिन्न प्रकारका भिन्न स्थानहरूमा विश्वभरमा भोका बघिनी र डमरुहरूलाई महासत्वबाट शरीरदान गरिएको करुणामयी दानपारमिताको रूपमा लोकप्रिय छ । यही कारण विश् वभरबाट स्वयं भगवान बुद्ध, बौद्ध भिक्षु, महासिद्ध महापुरुष एवं बौद्ध महापण्डितहरू र उपासक, उपासिकाहरूले नमोबुद्धको तीर्थाटन गर्ने गरेको पाइन्छ । नमोबद्धको सम्बन्धमा भोकले ग्रस्त बघिनी तथा डमरुहरूको दृष्टान्तको विवरण रहेको बुद्धोपदेश जातकमाला विभिन्न देशहरूमा देहाय बमोजिम पाइएको छ ।(क) नमोबुद्ध तीर्थको नेपालमा वर्णनः नेपालमा विभिन्न बौद्ध समुदायले हरेक वर्ष विभिन्न समयमा जात्रा तथा पूजा आराधनाका निमित्त नमोबुद्धमा तीर्थाटन गर्न आउने गरेका काभ्रेली गुञ्जन द्दज्ञ छन् । नमोबुद्ध तथा नमुरा भनेर नेवार बौद्ध समुदायमा यस तीर्थको अलग महिमा रहेको पाइन्छ । यसरी नै नेपाल स्थित उत्तरी बौद्ध समुदायको तामाङ, ह्योल्मो, शेर्पा, ल्होमी, सिङसावा, थुदाम, भोटे, मनाङग्ये, हुम्ली, मुगाली आदि हिमालय बौद्ध समुदायले नमोबुद्धलाई “ताग्मो ल्हुइज्यीन ने” भनेर दर्शन गर्ने तीर्थाटन गर्ने गरेका छन् । नमोबुद्धबारे महायान बौद्ध परम्पराको वाङ्मयमा “ताग्मो ल्हुइज्यीन दो“ अर्थात् बघिनी ‘जीवनदान सूत्र बुद्धोपदेश’ (गुरुङ लामा, २०६८ः३९) तथा “नेपालका तीन महाचैत्यहरूको इतिहास” लामा र शेर्पा (२०६६) ले चर्चा गरिएको पाइन्छ । नमोबुद्ध तीर्थको बारेमा यो परम्परा नेपालका छिमेकी तिब्बत, भारत, भुटानलगायत बौद्ध सम्प्रदाय रहेको मुलुकमा समेत परिचित रहेको छ ।(ख) नमोबुद्ध तीर्थको जातकमाला चीनमा नमोबुद्ध तीर्थ चीनको उत्तरपश्चिम गान्सु प्रान्तमा रहेको प्राचीन हजार बौद्ध गुफागोन्पा रहेको तुनह्वाङको गुफा सङ्ख्या २५४ को भित्तेचित्रमा महासत्व राजकुमारले भोका बघिनी र डमरुहरूलाई शरीरदान गर्नु भएको गाथाचित्र कुँदिएको तथा बौद्धकेन्द्रमा भेटिएको बौद्ध वाङ्मयमा समेत उल्लेखित छ । तुनह्वाङ एकाडेमी प्रदर्शन गरिने ३६० डिग्रीको सिनेमा थिएटरको डकुमेन्ट्रीमा आज पनि महादानी महासत्वको कथाको चित्रमा चित्रण गरिएको कथाको वृतान्त उल्लेख गरिएको छ । यस हजार वर्ष अघिका चीनको प्राचीन नगरी तथा गान्सु प्रान्तमा रहेको ऐतिहासिक, पुरातात्विक, बौद्धधार्मिक तथा सांस्कृतिक फिगरः २ थाइबौद्ध कलामा भेटिएको भोकाएको बघिनी जातकको चित्रःस्रोत इन्दिरा गान्धी नेसनल आर्ट सेन्टर, भारत केन्द्र तुनव्हाङको बौद्धगोन्पा गुफा स्थित सयौं गुफा गोन्पाहरूमध्ये गुफा नं.२५४ मा नमोबुद्धका ऐतिहासिक महाकारूणिक भोकले ग्रस्त बघिनी र डमरुलाई बोधिसत्व महासत्वले आफ्नो शरीरदान गरेको जातकका चिनियाँ मौलिक शैलीमा भित्तेचित्रहरूमा चित्रित गरिएको छ । यहाँ नमोबुद्ध भन्ने स्थान नेपालमा भएको बारे जानकारी नपुग्दा चीनको तुनव्हाङको गुफामा रहेको ब्याघ्री जातकको नमोबुद्ध घटना भएको स्थान वर्तमानमा संघीय गणतन्त्र नेपालको काभ्रे जिल्लामा भएको तथ्यलाई अन्यत्रै स्थानको उल्लेख भएको छ । तर पनि नमोबुद्धको महासत्वले भोका बघिनी द्दद्द काभ्रेली गुञ्जन र डमरुहरूलाई आफ्नो शरीर दानपारमिताको कथा चीनमा पनि लोकप्रिय रहेको पाइन्छ ।(ग) नमोबुद्ध तीर्थको जातकमाला श्रीलंकामा नमोबुद्ध बौद्ध तीर्थस्थलको भोका बघिनी र डमरुहरूलाई बोधिसत्व राजकुमार महासत्वले सम्पूर्ण शरीर आफैले खान दिएको “हङ्ग्री टाइग्रेस“ दक्षिणी बौद्ध धर्मजगतको (थेरावादी बौद्ध जगतको) आधिकारिक धर्मग्रन्थ त्रिपिटकमा उल्लेख भएको पाइँदैन । तर, थेरावदी अर्थात् दक्षिणी बौद्ध जगतमा यो नमोबुद्ध घटनाका कथा असाध्यै लोकप्रिय रहेको कुरा जापानी अनुसन्धाता मात्सुमुरा (सि.इ. २०१४) ले आफ्नो अध्ययनमा उल्लेख गरेका छन् । मात्सुमुराले प्राचीनकालमा चिनियाँ बौद्ध भिक्षु तीर्थाटनमा श्रीलंका पुगेको वखत यो नमोबुद्धको जातक कथाका बारेमा उनीहरूल ाई जानकारीमा रहेको उल्लेख गरेका छन् । ब िघनी र डमरूलाई बोधिसत्वद्वारा आफ्नो शरीर दान गरेको महाकारुणिक यो जातक पाँचौँ शताब्धी ताका नै श्रीलंकामा कथा चलनच िल्तमा रहेको बताइको छ । चिनियाँ बौद्ध भिक्षु तथा तीर्थयात्री (इ.स.३२०–४२०) ले उनको (इ.स.४१०–४१२) ताका नै त्यहाँका महाराजाले बुद्धको दन्त अस्तुधातु उत्सवको क्रममा बता उने गरिएको थुप्रै जातकहरूमा “भोकले ग्रस्त बघिनी” जातक पनि समावेश भएको जानकारी दिएका छन् । उत्तरी बौद्ध जगतमा भने धेरै नै संस्करणमा नमोबुद्धको घटनाका भोका बघिनी लाई शरीर दान गरेको जातक भेटिन्छ । एउटा विशिष्ठ पाठ्यपुस्तकका पाठहरू रहेको बघिनी जातक चिनियाँ भिक्षु फाश्हेङ (सन ४०६ ४७९) चिनिया भाषामा अनुवाद गरेको थियो, यो संस्करण नविन अध्ययताहरूका माझबाट फिगरः २ भूटान तथा चीनको तिब्बत आदि क्षेत्रमा लोकप्रिय नमोबुद्धको थाङ्का चित्र आजसम्म अज्ञात नै रहेको छ । मात्सुमुराले एक अर्को पङ्क्तिमा फासियान तथा फाश्हेङ चिनियाँ बौद्ध भिक्षुहरू भारत तथा श्रीलंकाको तीर्थाटनमा गएको २० वर्षपछि जुन बाटो भएर गएका थिए झण्डै सोही बाटो फर्कने समय फासियान र फाश्हेङले तक्षशिलाबाट नजिकै जहाँ बोधिसत्वले बघिनीलाई आफ्नो शरीर जीवनदान गरिएको स्थानमा पुगेका थिए, भन्ने उल्लेख गरिएको छ । सम्भवतः त्यो ठाँउ यदि भोकाएकी बघिनीलाई महासत्वले आफ्नो शरीर त्याग गरेकैस्थान हो भने उनीहरू नमोबुद्ध पनि आइपुगेको हुनु पर्छ । त्यस सम्बन्धमा अध्ययन हुन आवश्यक छ । काभ्रेली गुञ्जन द्दघ प्रष्ट हुन्छ ।(घ) नमोबुद्ध तीर्थको बघिनी जातकमाला चिनियाँ तिब्बत तथा भुटानमा नमोबुद्ध तीर्थको बारेमा चिनियाँ तिब्बत तथा भुटानमा घरघरमा वाचन गर्ने गरिएको लोकप्रिय बुद्धवचन ग्रन्थ सूत्र–सङ्ग्रहलाई सुङ्दी अर्थात् तामाङ समुदायमा दोमाङ नामले चिनिन्छ । सो प्रसिद्ध दोमाङ सूत्र सङ्ग्रह ग्रन्थमा “फाग्पा ताग्मोए श्युपा श्येज्यावा थेक्पा छेन्पोइदो” शीर्षकमा बघिनी र डमरूहरूको प्राणरक्षाका लागि बोधिसत्व महासत्वले सम्पूर्ण शरीर त्यागेकोे जीवनदानको महिमाको जातकमाला रहेको पाइन्छ । यो ग्रन्थ नेपाल, भुटान, भारतको सिक्किम, दार्जिलिङ, अरूणाचल प्रदेश, हिमालचल प्रदेश आदिमा समेत लोकप्रिय छ । जसको कारण शाक्यमुनी गौतमबुद्धको पूर्व जीवनकालमा बोधिसत्वको जीवनकालमा राजकुमार महासत्वले महाजीवनदान गर्नु भएको सो स्थानमा बुद्ध स्वयम् आउनुभई दर्शन नमन गर्नु भएको तीर्थ भएकाले तीर्थाटनका लागि आज पनि तिब्बत, भुटान, भारतका विभिन्न राज्यहरू र अन्त देशहरूबाट समेत बौद्ध धर्मका गुरु तथा अनुयायीहरू आउने गरेका छन् । नमोबुद्ध परिसरमा तिब्बतमा जन्मनुभएका महापण्डित ठ्राङ्गु रिन्पोछेबाट स्थापित अन्तराष्ट्रियस्तरको विशाल बौद्ध अध्ययन केन्द्र तथा ठ्राङ्गु मेडिटेसन सेन्टरको स्थापनाले हामीलाई बताइरहेको छ । यसले नमोबुद्धको महिमा नेपाल बाहिर विदेशमा महायान बौद्ध जगतमा समेत परिचित रहेका (ङ) नमोबुद्ध तीर्थको जातकमाला रसियाको बुरयात रिपब्लिकमा सिद्धार्थ गौतम शाक्यमुनि बुद्धको पूर्व जीवनकाल बोधिसत्व राजकुमार महासत्वले भोकले ग्रस्त बघिनी र डमरुहरूलाई आफ्नो जीवनको कुर्वानी गर्नु भएको घटनाका कथाको चित्रमा व्यक्त गरिएको जातक कथाचित्र रसियाको बुरयात गणतन्त्रमा भेटिएको छ । स्टारभिङ्क टाइग्रेस टेल बुरयाटिया, १८००–१८९९, बुदिष्ट लिनेज उल्लेखित खनिज रंग अर्थात् पत्थर रंग प्रयोग गरिएको कपडामा चित्र भरिएको (थाङका) बुरयातस्थित इतिहास सङ्ग्रहालय (हिस्टोरिकल म्युजियम) मा रहेको छ । यो नमोबुद्ध तीर्थसँग सम्बन्धित जातक कथाको चित्र संघीय रसियाका बुरयात, साइबेरियाको पूर्वमा पर्ने भएकाले यसको सम्बन्ध युरोप महाद्विपको एक मात्र बौद्ध मुलुक क्रिजिकिस्तान, तथा यस क्षेत्रको बौद्ध मुलुक मंगोलिया र चीनको ऐतिहासिक तुनव्हाङ बौद्ध गुफा क्षेत्रबाटै पुगेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । यसरी नेपालमा रहेको नमोबुद्ध तीर्थको घटनासँग जोडिएका बौद्ध जातकमाला कथाका सृजनाहरू रसियासम्म पुगेको स्पष्ट छ । (नमोबद्धको कथासँग सम्बन्धित बुरयातमा रहेका थाङकाचित्र फीगर–३ मा हेर्नु होला) (च) नमोबुद्ध तीर्थको जातकमाला थाइल्याण्डमा नमोबुद्धको घटनासँग सम्बन्धित उत्तरी बौद्धधर्म जगतको जातकमाला “हङ्ग्री टाइग्रेस“ दक्षिणी द्दद्ध काभ्रेली गुञ्जन बौद्ध धर्मजगतको (थेरावादी बौद्ध जगतको) आधिकारिक धर्मग्रन्थ त्रिपिटकमा उल्लेख जातक सङ्ग्रहमा समावेश गरिएको छैन । तर, थेरावदी अर्थात् दक्षिणी बौद्ध जगतमा यो नमोबुद्ध घटना भोकले ग्रस्त बघिनीका जातक कथा पाइएको तथ्य जापानी अनुसन्धाता मात्सुमुरा (सन २०१४) ले आफ्नो अध्ययनमा उल्लेख गरेका छन् । उनले दिएको जानकारीमा यो त्रिपिटक पूर्वकालीन अर्थात् त्रिपिटक लेखिनु अगावै थाइल्याण्डका बौद्ध साहित्यमा यो भोकले ग्रस्त बघिनीका जातक कथा रहेको बताइएको छ । यो नमोबुद्धको घटनाका महिमा रहेका बौद्ध जातकमाला थाइल्याण्डका थेरावादी बौद्धजगतमा समेत धैरै अघिदेखि रहेको संकेत पाइएको छ । (च) नमोबुद्ध तीर्थको भारतको मथुरामा प्राप्त जातक चित्र नमोबुद्धको घटनासँग जोहिने उत्तरी बौद्ध जगतमा रहेको बौद्ध जातकमालामा ब्याघ्री जातक (संस्कृतभाषामा भएको नमोबुद्धको घटना वर्णित जातकमाला) हो । यो जातक चीनको तिब्बत हुँदै मंगोलिया, रसिया आसपास सम्म पुगेको पाइन्छ । यो जातकमालाको कथाको प्रस्तर चित्र भारतस्थित मथुरामा पनि भेटिएको छ । मथुरा बौद्ध कला कृतिका दृष्टिले गान्धार पछिको दोस्रो बौद्धकलाकृतिको विकास भएको स्थान मानिन्छ । जसलाई मथुरा स्कूल अफ बुद्धिष्ट आर्टका नामले चिनिन्छ । यहाँ पनि नमोबुद्धको घटनाका जातकमाला आधारित ब्याघ्री जातकसँग सम्बन्धित बौद्ध कलाकृति पाइएको छ । यसरी नेपालको काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिकामा रहेको प्राचीन बौद्ध तीर्थस्थलको कथाका घटनाका बारेमा भोकले ग्रस्त बघिनी, ब्याघ्री जातक, ताग्मोल्हुअीज्यीन आदि स्वरूपमा साहित्यहरू हजारौं वर्षदेखि आजसम्म बुद्ध वचन जातकमाला रही आएको पाइन्छ । यस आधारमा ब्याघ्री जातकका घटनासँग जोडिएको प्रमाणिक स्थान हाम्रो नमोबुद्ध मात्र हो । नमोबुद्धको हामीले अझ व्यापक चर्चा विश्वस्तरमा गर्न सक्यौ भने लुम्बिनी झै अत्यन्त महत्वको यो बौद्ध सम्पदाको धार्मिक पर्यटनको विशाल सम्भावनालाई बोकेर रहेको छ नमोबुद्धले । अन्तमा यस छोटो लेखमार्फत देहायका सम्भावनाहरू प्रस्तुत गरिएको छ । य नमोबुद्धको महिमा लुम्बिनीको जत्तिकै महत्व रहेको तथ्य यस अध्ययनबाट जानकारीमा प्राप् त भएकोले नमोबुद्धमा देश–विदेशबाट समेत आउने सबै खाले बौद्ध अनुयायीहरू तीर्थालुहरूको लागि आवश्यक पूर्वाधारको विकास गर्नु जरुरी देखिएको छ । तसर्थ, यो नेपालको अन्तराष्ट्रिय बौद्ध तीर्थस्थल हो । य नमोबुद्ध तीर्थको पर्यटन विकासमा महत्वपूर्ण योगदान रहने भएकाले यसको बारेमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानहरूलाई अझ व्यापक काभ्रेली गुञ्जन द्दछ थप वैज्ञानिक अध्ययन अनुसन्धान गरी प्रचारमा ल्याउन आवश्यक छ । य नमोबुद्धका सम्बन्धमा जानकारी दिने सामग्रीहरू स्वदेश तथा विदेशमा जहाँ जहाँ उपलब्ध छ सबै स्रोत सामग्रीहरूको संकलन गरी प्रकाशन गरी बुद्धको समयदेखि आजसम्म जीवन्त बौेद्ध सांस्कृतिक केन्द्र भएको हामीले उजागर गर्न सकिन्छ । य नमोबुद्धलगायतका बौद्ध तीर्थहरूलाई बुद्धको जन्मस्थल लुम्बिनी, आठौं शताब्दीका बौद्ध महासिद्ध पद्मसम्भवसँग सम्बन्धित हलेसी, फर्पिङ, नुवाकोटको कविलास ब्रह्मक्षेत्र, फिकुरी, रसुवाको केरूङ आदिसँग जोडने बौद्ध परिपथलाई व्यावहारिक बौद्ध तीर्थ पदमार्गको विस्तृत अध्ययन गरी नेपालदेखि चीन तथा
~भुटानसम्म बौद्ध पर्यटन पदमार्गको विकास गर्न सकिने सम्भावना छ । य नमोबुद्ध उदाउँदो धार्मिक पर्यटकीय क्षेत्र हुनुले अन्य जैविक कृषि, कृषि पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन आदि को पनि सम्भाव्य रहेकाले हालको सहक तथा खानेपानी आदि पूर्वाधारहरूको अझै थप योजनाबद्ध विकास गर्नु आवश्यक देखिन्छ । भवतु सव्व मंगलम् । सन्दर्भ सामाग्री ः ग्याल्पो, क. (२०६३). नमोबुद्धको वृतान्त । नमोबुद्ध–९, काभ्रेः नबिनकुमार लामा बल । तामाङ, प. (२०५१). तामाङ जाति. काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठन । तामाङ, र. ग्या. (२०५६). तामाङ चाड पर्व र पूजाहरू । काठमाडौँः सेन्टर फर तामाङ सोसाइटी, । तामाङ, रू. (२०५९). तामाङ जातिमा बौद्ध धर्म । नेपालः तामाङ समाज अनुसन्धान तथा विकास समाज । तामाङ, अ. (२०६९). तामाङ भाषा र तामयीग लिपि । मकवानपुरः आदिवासी जनजाति जिल्ला समन्वय समिति । तामाङ, अ. (२०६९). तामाङ जातिको चिनारी । काठमाडौँः आदिवासी÷जनजाति उत्थान प्रतिष्ठान र नेताघे । मार्टिन. ए. आइ. (२०७१). बडिलि ट्रान्सफर एण्ड स्याक्रिफिसियल ग्येस्चर । रिथिङकिङ दि हङग्रि टाइग्रेस जातक इन मगाओ केभ द्दट काभ्रेली गुञ्जन नं.२५४, युनिभरसिटि अफ उथाह। मोक्तान, बु. (२०१३). जिक्तेन ताम्छ्योइ । दार्जिलिङः बुद्ध निवास बडा कागझोडा । मोक्तान, बी. (२०६३). मोक्तान ह्रुइगीफोला (मोक्तान वंशको कुल कुल्यान) । मक्वानपुरः मोक्तान समाज मक्वानपुर । मानन्धर, स. (२०५३). नमोबुद्धको इतिहास । पनौतीः सत्यनारायण मानन्धर । योल्मो, नि.रि. (२०५८). महाबौद्धनाथ स्वयम्भू–नमोबुद्ध तीनमहान चैत्य । दार्जिलिङः योल्मो प्रकाशन । मात्सुमुरा, (२०१९). द स्टोरी अफ द बोधिसत्वज् सेक्रिफाइस अफ हिज् बडि टु अ हङ्ग्री टाइग्रेस अ मोस्ट पपुलर जातकज् अमोङ्ग नर्दर्न बुद्धिष्ट, एब्सट्राक्ट पेपर । (२१ अप्रिल २०१९) एचटिटिपिः ररटुरफान. बिबिएडब्लु. डिइरबिलडररसिटिरमात्सुमुरा. ब्सट्राक्ट. पिडिएफ÷भिउ रेग्मी, ज. च. (२०३४). नेपालायन भाग १ । नक्साल, काठमाण्डू, नेपालः अफिस अफ नेपाल एन्टिक्वारि । रेग्मी, ज. च. (२०५१). काठमाण्डू सहरू, सांस्कृतिक अध्ययन भाग–१ । अफिस अफ नेपाल एन्टिक्वारि, टंगाल ढल्कुः शिवप्रसाद उपाध्याय । लामा, क. स. (२०२१). नाङबा साङ्गे । लामा निवास ज्ञानेश् वर, काठमाडौँः कर्णेल सन्तवीर लामा । लामा, इ., र टुल्कु, फि. टा. (२०३३). थुनडेल । म्हेपी, काठमाडौँः टासी फिन्जो लामा ’टुल्कु’ इमान सिंह लामा । लामा, जि. डि. (२०४०). तामाङ च्युङनिला ठिमतेन तामछ्योई । सिक्किमः जि. डि. लामा । लामा, शं. मि. (२०४०). काल्पाला ल्होर्ग्युइ छ्योइताम म्हाने गाम्बु । भिमखोरी–२, काभ्रेः शंखबुद्ध लामा. । लामा, र शेर्पा. (२०६६). नेपालका तीन महान चैत्यहरूको इतिहास । बौद्ध, काठमाडौँः बौद्ध घ्याङ गुठी । लोसाल, खे. अनु. आचार्य. मि. क., (२०६६). नमोबुद्ध । काठमाडौँः ठाङ्गु धर्माकर प्रकाशन केन्द्र ।